Logo
|
Saturday 20th April 2024
Logo

epaper

थप १८ लाख ७१ हजार डोज कोभिसिल्ड खोप नेपाल आइपुग्यो

जोन्सन एन्ड जोन्सनको २१ लाख ७६ हजार डोज खोप आउँदै



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोरोनाविरुद्धको थप १८ लाख ७१ हजार डोज कोभिसिल्ड खोप आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत बुधबार भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्डको १८ लाख ७१ हजार डोज खोप आएको हो ।

स्वास्थ्य सेवा विभागका अनुसार बिहीबार र शुक्रबार पनि खोप आउनेछ । उक्त दिन जोन्सन एन्ड जोन्सनको २१ लाख ७६ हजार डोज खोप आउन लागेको हो ।

विभागका अनुसार बिहीबार विहान पौने ८ बजे ७ लाख १९ हजार र बाँकी १४ लाख ५७ हजार डोज खोप आउन लागेको हो । उक्त खोप युनिसेफमार्फत आउन लागेको हो। जोन्सन एन्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ ।

प्रतिक्रिया दिनुहोस्