जर्मन सरकारद्धारा नेपाललाई ४१ लाख मोर्डना र जोन्सन खोप प्रदान
जनस्वास्थ्य सरोकार । संघीय गणतन्त्र जर्मन सरकारले कोरोना भाइरसविरुद्धको मोर्डना र जोन्सन एण्ड जोन्सन खोप गरी ४१ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ ।
जर्मनीले मोडर्ना खोप १९ लाख ६५ हजार ६ सय र जोन्सन एण्ड जोन्सन खोप २१ लाख ७६ हजार ६ सय ५० मात्रा कोभ्याक्ससुविधा अन्तर्गत नेपाललाई प्रदान गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई जर्मनीका राजदुत स्टेफन रुसेकले मोर्डना र जोन्सनको ४१ लाख ४२ हजार २५० डोज खोप हस्तान्तरण गरेका हुन् ।
मोडर्ना खोप पुस ४ गते देशभरका १२ देखि १८ वर्ष सम्मका १८ लाख बालबालिकाहरुलाई लगाउने स्वास्थ्य विभागले जनाएको छ । त्यस्तै, आजै मात्रै जोन्सन एण्ड जोन्सन खोप पनि ७ लाख १९ हजार डोज नेपाल आइपुगेको छ ।
