Logo
|
Friday 26th April 2024
Logo

epaper

जोन्सनको १४ लाख ५७ हजार डोज खोप आज नेपाल आउँदै



जनस्वास्थ्य सरोकार, काठमाडौँ । जोन्सन एन्ड जोन्सन खोपको १४ लाख ५७ हजार डोज शुक्रबार नेपाल आउँदै छ । एक डोज मात्र लगाए पुग्ने २१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोपमध्ये दोस्रो पटक शुक्रबार आउन लागेको हो ।

बिहीबार पहिलो पटकमा ७ लाख १९ हजार ६५० डोज खोप नेपाल आइसकेको छ । जर्मन सरकारले कोभ्याक्स सुविधामार्फत यो खोप उपलब्ध गराएको हो।

जर्मन सरकारले नेपालमा १९ लाख ६५ हजार ६०० डोज मोडर्ना खोप समेत उपलब्ध गराएको छ । उक्त खोप गत आइतबार नेपाल आइसकेको छ ।

यसअघि अमेरिकाले कोभ्याक्स मार्फत करिब १६ लाख डोज जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो। जोन्सन एन्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ। अन्य खोप भने दुई डोज लगाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्