Logo
|
Saturday 18th May 2024
Logo

epaper

भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १ सय १३ पुग्यो



जनस्वास्थ्य सरोकार, नयाँ दिल्ली । भारतको उत्तर प्रदेश गाजियाबादमा शुक्रबार दुई जनामा कोरोना भाइरसको नयाँ भेरियन्टओमिक्रोन संक्रमण भेटिएको छ । उनीहरु दम्पत्ति हुन् ।

यो सँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १ सय १३ पुगेको छ । डेल्टाको तुलनामा ओमिक्रोन भाइरस धेरै गुणा बढी फैलिरहेको विज्ञहरुले बताएका छन् ।

भारतमा डिसेम्बर २ मा पहिलो पटक कोरोनाको नयाँ भेरियन्ट देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्