Logo
|
Saturday 18th May 2024
Logo

epaper

देशभर १८१ जना कोरोना संक्रमित थपिए



जनस्वास्थ्य सरोकार, काठमाडौ । पछिल्लो २४ घण्टामा १८१ जना कोरोना संक्रमित थपिएका छन्। देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ८३१ जनाको पीसीआर परीक्षणमा १३३ र ५ हजार ४१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यो सँगै कुल संक्रमितको संख्या ८ लाख २५ हजार ७८४ जना पुगेको छ। कुल संक्रमितमध्ये ५ हजार २७१ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २८९ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ८ हजार ८९२ पुगेको छ। 

उक्त अवधिमा १ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७३ पुगेको छ। हाल ९५ जना क्वारेन्टाइनमा छन्। 

प्रतिक्रिया दिनुहोस्