Logo
|
Friday 26th April 2024
Logo

epaper

क्रिसमसका कारण ओमिक्रोन भयावह हुनसक्ने चेतावनी



जनस्वास्थ्य सरोकार । विज्ञहरुले क्रिसमस पर्व मनाउने क्रममा ओमिक्रोन भेरिएन्टले महामारीको रुप लिनसक्ने चेतावनी दिएका छन् ।

अमेरिकी सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले कोरोना भाइरसबाट उत्परिवर्तन भई आएको नयाँ भेरियन्ट कडा खालको भएको भन्दै यसले भयावह स्थिति ल्याउनसक्ने चेतावनी दिनुभएको छ ।

क्रिसमसका लागि हुने यात्राले ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र पार्ने सक्ने उहाँको चेतावनी छ । बुस्टर डोज लगायहरुमा संक्रमण न्युन हुने जानकारी अनुसन्धानकर्ताले दिएपनि फाउचीले भने ओमिक्रोनको संक्रमण डरलाग्दो हुनसक्ने बताउनुभएको छ ।

खोप लगाएकाहरु पनि यो भेरियन्टबाट अछुतो नरहने भन्दै उनले सावधानी अपनाउन विश्व समुदायलाई अपिल समेत गरेका छन् । डाक्टर फाउचीले ओमिक्रोन त्यति घातक नरहेको भन्ने दुस्प्रचारको विश्वास नगर्न समेत आग्रह गर्नुभएको छ ।

मास्क लगाउने, भौतिक दूरी कायम गर्ने तथा खोप लगाउने सहितका सावधानी अपनाउन उहाँको आग्रह छ । यसैबीच क्रिमसलाई ध्यान दिंदै युरोपेली मुलुकहरुले भने धमाधम निषेधाज्ञा लगाउन थालेका छन् । फ्रान्स तथा जर्मनीसहितले यात्रा प्रतिबन्ध लगाएका छन् भने नेदरल्याण्ड्सले कडा लकडाउन लागू गरेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्