Logo
|
Tuesday 25th February 2025
Logo

epaper

२६० जनामा कोरोना संक्रमण, ३४९ संक्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यस अवधिमा ११ हजार ८९६ जनाको पिसीआर परीक्षण गरिएको थियो।

योसँगै नेपालमा पिसीआर विधिमार्फत् आठ लाख २६ हजार ९०१ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। हालसम्म एन्टिजेन विधिबाट ९६ हजार ११५ जनाको कोरोना परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा ३४९ जना कोरोनाबाट निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या आठ लाख १० हजार २७१ पुगेको छ। निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५८२ पुगेको छ। कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ। यसैगरी, पछिल्लो समय तीन लाख २९ हजार ३७१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४८ रहेको छ।

प्रतिक्रिया दिनुहोस्