Logo
|
Friday 26th April 2024
Logo

epaper

५ देखी ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना खोप लगाउने सरकारको तयारी



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरस विरुद्धको खोप लगाउने तयारी गरेको छ।

५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन फाइजर खोप खरिदका लागि प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा रुद्र मरासिनीले जानकारी दिनुभयो । डा मरासिनीका अनुसार बालबालिकालाई पुग्ने गरी ८४ लाख डोज खोप खरिदका लागि प्रस्ताव पठाइएको छ।

सो खोप प्राप्त भएपछि २ डोजको रुपमा ४२ लाख बालबालिकालाई पुग्ने अनुमान गरिएको डा मरासिनीले जानकारी दिनुभयो
। ‘अहिले नयाँ उत्पादन भएको फाइजरको खोप ५ वर्ष देखि माथि उमेरका बालबालिकालाई लगाउन मिल्ने भनिएको छ,’ डा मरासिनीले भन्नुभयो ।
‘५ वर्ष माथि देखि १२ वर्षसम्मका बालबालिकालाई हामीले खोप लगाउन पाएका छैनौं, अब खरिद गरेर उनीहरुलाई पनि खोप लगाउने योजना गरेका छौं।’यसअघि नेपालमा १२ देखि १८ वर्ष उमेर समुहका बालबालिकालाई मोर्डना र फाइजरको खोप दिइएको छ।

प्रतिक्रिया दिनुहोस्