Logo
|
Thursday 25th April 2024
Logo

epaper

२१६ जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ ।  पछिल्लो २४ घण्टामा २१६ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ५ हजार ९६२ पीसीआर र १ हजार ६६९ जनाको एन्टीजेन परीक्षणका क्रममा २१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यो सँगै कुल संक्रमितको संख्या ८ लाख २८ हजार ९८६ जना पुगेको छ। कुल संक्रमितमध्ये ४ हजार ९७१ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २०९ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख १२ हजार ४१९ पुगेको छ। 

सोही अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५९६ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। ८३ जना आइसीयू र १९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्