Logo
|
Saturday 28th May 2022
Logo

epaper

मेसीसहित पीएसजीका चार खेलाडीलाई कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार । पेरिस सेन्ट जर्मेन(पीएसजी)का अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीसहित ४ जना खेलाडीलाई कोरोना संक्रमण भएको छ ।

कोरोना संक्रमण पुष्टि भएसँगै मेसीले सोमबार भ्यान्ससँग हुने कप डि फ्रान्सअन्तर्गतको खेल गुमाउने भएका छन् । मेसी क्रिसमस छुट्टीका लागि अर्जेन्टिना गएका छन् ।

मेसीसँगै जुआन बर्नाट, सर्जियो रिको र नाथन बिटुमाआलालाई पनि संक्रमण पुष्टि भएको पीएसजीले जनाएको छ । सबै जना हेल्थ प्रोटोकलअनुसार आइसोलेसनमा नरहेको क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्