Logo
|
Wednesday 24th April 2024
Logo

epaper

पछिल्लो २४ घण्टामा ३२६ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा ३२६ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ९ हजार ७०० पीसीआर र २ हजार ७९८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख २९ हजार २७७ जना पुगेको छ। कुल संक्रमितमध्ये ५ हजार ५ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २५५ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख १२ हजार ६७४ पुगेको छ।

उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५९८ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। ८९ जना आइसीयू र २१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्