Logo
|
Friday 17th May 2024
Logo

epaper

३९३ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार काठमाडौँ । पछिल्लो २४ घण्टामा ३९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालाबाट ९ हजार ३२९ जनाको परीक्षण गर्दा ३९३ जनालाई संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २६३ जना डिस्चार्ज भएका छन् भने ३ जना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट भएको परीक्षणमा हालसम्म ८ लाख २९ हजार ६३२ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार ३१८ जनामा संक्रमण पुष्टि भएको छ।

तीमध्ये कुल ८ लाख १२ हजार ९३७ जना संक्रमण मुक्त हुँदा ११ हजार ६०१ जनाको मृत्यु भएको छ। कोरोना निको हुने दर ९८ प्रतिशत रहेको छ भने क्वारेन्टाइनमा ९८ जना रहेका छन्। यस्तै देशभर सक्रिय संक्रमित ५ हजार ९४ जना रहेका छन्।

प्रतिक्रिया दिनुहोस्