Logo
|
Thursday 25th April 2024
Logo

epaper

कोरोनाको फैलावट रोक्न नयाँ दिल्लीमा साताको दुई दिन कर्फ्यू लगाउने निर्णय



जनस्वास्थ्य सरोकार, नयाँ दिल्ली । दिल्ली सरकारले साताको दुई दिन भारतको राजधानी नयाँ दिल्लीमा कर्फ्यू लगाउने निर्णय गरेको छ ।

कोरोनाको फैलावट रोक्न हरेक हप्ताको शनिबार र आइतबार पूरा समय कर्फ्यू लगाउने निर्णय गरिएको हो । सार्वजनिक विदाको दिज सार्वजनिक स्थल, रेस्टुराँ र पार्क लगायत का स्थानमा भीडभाड बढ्ने भएकाले कफ्र्यु लगाउने निर्णय गरिएको दिल्लीका मुख्यमन्त्री मनिष सिसोदियाले जानकारी दिएका छन् । उहाँले सो दिन अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्नुभएको छ ।

दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले मंगलाबर यसबारे जानकारी दिएका हुन् । विपद् व्यवस्थापन समितिले गरेको निर्णय सार्वजनिक गर्दै उनले अस्पताल लगायत अत्यावश्यक काम परेर बाहेक दुई दिन घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् ।

दिल्लीमा मंगलबार कोरोना संक्रमण दर ८ दशमलव ३७ पुगेको छ । अघिल्लो दिनको तुलनामा १३ सयले बढी संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा दिल्लीमा ५ हजार ४ सय ८१ संक्रमित भेटिएको जनाइएको छ । दिल्लीमा सक्रिय संक्रमितको संख्या १५ हजार हाराहारी पुगेको र मंगलबार ३ जनाको मृत्युसमेत भएको छ । २९ डिसेम्बरबाट दिल्ली सरकारले रातको समयमा कर्फ्यू लगाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्