Logo
|
Saturday 20th April 2024
Logo

epaper

नेपालमा थप २४ जनामा ओमिक्रोन संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्राका अनुसार थप २४ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको हो ।

मिश्राका अनुसार पौष महिनाका १ हजार १ सय ४६ पोजेटिभ नमुनाको एस–जीन स्क्रिनिङ गर्दा २ सय ५० नमुनामा एस–जिन नेगेटिभ पत्ता लागेको थियो । सो मध्ये २४ वटा नमूनामा ओमिक्रोन पुष्टि भएको उहाँले बताउनुभयो । यो सँगै नेपालमा ओमिक्रोन संक्रमितको संख्या २७ पुगेको छ ।

ओमिक्रोन भेरियन्टबाट हुनसक्ने बिरामीको चापलाई मध्यनजर गरी सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायतका अन्य सामग्रीहरुको जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन गरिसकेको डा. मिश्राले बताउनुभयो ।

२४ नोभम्बर २०२१ मा दक्षिण अफ्रिकामा पुष्टि भएको यो भाइरस थुप्रै देशमा फैलिसकेको छ । संगठनले गरेको प्रारम्भिक आँकलन अनुसार दक्षिण पूर्वी एसियामा ओमिक्रोनको जोखिम जोखिम झनै बढ्दै गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्