Logo
|
Friday 17th May 2024
Logo

epaper

ओमिक्रोन बढ्न सक्ने भन्दै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन



?

जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोन भेरियन्ट बढ्न सक्ने अवस्थालाई मध्येनजर गर्दै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

मन्त्रालयले ओमिक्रोन भेरिएन्टले गर्दा हुनसक्ने अत्यधिक बिरामीको चापलाई ध्यान दिँदै सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो। आजमात्रै नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको छ ।

ओमिक्रोन भेरियन्टबाट हुनसक्ने बिरामीको चापलाई मध्यनजर गरी सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायतका अन्य सामग्रीहरुको जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन गरिसकेको मन्त्रालयका प्रवक्ता डा संगीता कौशल मिश्राले जानकारी दिनुभयो ।

सरकारले सीमा नाकाहरुमा कोभिड–१९ को परीक्षणलाई थप सशक्त बनाउन पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्