Logo
|
Friday 17th May 2024
Logo

epaper

प्रचण्डलाई कोरोना देखिएपछि प्रधानमन्त्री देउवा होम आइसोलेशनमा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कोरोना संक्रमणको आशंकामा होम आइशोलेशनमा बस्नुभएको छ ।

शुक्रबार बालुवाटारमा बसेको सत्तारूढ राजनीतिक समन्वय समितिको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री देउवा पनि होम आइसोलेसनमा बस्नुभएको हो ।

साथै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि होम आइसोलेसनमा बस्नुभएको छ । उहाँहरूको आज पिसीआर परीक्षण गर्ने तयारी रहेको छ।

प्रधानमन्त्री देउवाले शनिबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटस्थित निवासमै पुगेर भेटवार्ता गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्