सोमबार थपिए १४४६ जना कोरोना संक्रमित, २ जनाको मृत्यु
जनस्वास्थ्य सरोकार, काठमाडौँ । गत २४ घन्टामा देशभर एक हजार चार सय ४६ जना कोरोना भाइरस संक्रमित थपिएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार आज ११ हजार ४ सय २९ जनामा गरिएको एन्टिजेन र पिसिआर परिक्षण गर्दा एक हजार ४ सय ४६ जना संक्रमित थपिएका हुन।
यस्तै आज २ जना संक्रमितको मृत्यु भएको छ। भने २ सय ५५ जना संक्रमणमुक्त भएका छन। मन्त्रालयको विवरण अनुसार हाल देशभर ७ हजार ८ सय ५५ जना सक्रिय संक्रमित रहेका छन।
