Logo
|
Friday 26th April 2024
Logo

epaper

एकैदिन ३ हजार ५५३ जनामा कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३ हजार ५ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४९८ जनाको पीसीआर र ४ हजार ५८३ जनाको एन्टिजेन गरी जम्मा १५ हजार ८१ वटा नमुना परीक्षण गर्दा ३५५३ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा २७१ जना संक्रमित निको भएका छन् भने कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । हाल देशभर १४ हजार ३४० सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर ३ लाख ५६ हजार ४ जनाको कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्