Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

भारतमा पुनः उकालो लाग्दै कोरोना भाइरस संक्रमण



जनस्वास्थ्य सरोकार, नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार २०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा १ लाख ३८ हजार ३३१ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ३११ जनाको निधन भएको छ । हाल देशभर १५ लाख ५० हजार ३७७ जना सक्रिय संक्रमित रहेका छन् ।

हालसम्म भारतमा ३ करोड ७१ लाखभन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ । त्यसैगरि, ३ करोड ५० लाख ८५ हजार ७२१ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यहाँ महामारी सुरु भएयता संक्रमणको चपेटामा परेर ४ लाख ८६ हजार ६१ जनाको निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्