Logo
|
Saturday 4th May 2024
Logo

epaper

काठमाडौँका १७ स्थानबाट आजदेखि कोरोनाविरुद्ध खोपको बुस्टर डोज दिइँदै



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँका १७ स्थानबाट आजदेखि कोरोनाविरुद्धको खोपको बुस्टर डोज दिइँदैछ। यसअघि आइतबारदेखि नै बुस्टर डोज लगाउने भनिए पनि तयारी नपुगेको जनाउँदै मिति सारिएको थियो।

तत्कालका लागि फ्रन्टलाइनरमा काम गर्नेहरुलाई बुस्टर डोज दिइनेछ। अहिले खोप सञ्चालन भइरहेका काठमाडौंका १७ खोप केन्द्रबाट बुस्टर डोज लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ।

बुस्टर डोज लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ। यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ। आउँदो १४ गतेदेखि ६० वर्षभन्दा माथिका व्यक्तिलाई बुस्टर डोज दिइनेछ।

कुन–कुन केन्द्रमा लगाइन्छ बुस्टर डोज ?

सशस्त्र प्रहरी बल अस्पताल बलम्बु

सहिद मेमोरियल अस्पताल कलंकी

विरेन्द्र सैनिक अस्पताल छाउनी

लोट्से भवन नयाँ बसपार्क

नेपाल प्रहरी अस्पताल महाराजगन्ज
वीर अस्पताल

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेक


बयोधा अस्पताल बल्खु

प्रसूति रोग तथा स्त्रिरोग अस्पताल थापाथली

निजामती अस्पताल नयाँबानेश्वर

एपेक्स पोलिक्लिनक जडिबुटी
काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग

पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी

जनमैत्री अस्पताल बालाजु

नर्भिक अस्पताल थापाथली

शुभेच्छा अस्पताल सीतापाइला

नोबेल अस्पताल सिनामंगले

प्रतिक्रिया दिनुहोस्