Logo
|
Wednesday 24th April 2024
Logo

epaper

नेपालगन्ज नाकास्थित हेल्थ डेस्कमा कार्यरत ९ जना स्वास्थ्यकर्मीलाई कोरोना



जनस्वास्थ्य सरोकार , नेपालगन्ज । बाँकेको नेपालगन्ज नाकास्थित हेल्थ डेस्कमा कार्यरत ९ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

हेल्थ डेस्कमा कार्यरत ल्याब टेक्निसियन, सिनियर अहेब, अहेब र कार्यालय सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

नेपालगन्ज नाकास्थित हेल्थ डेस्कमा १७ जना स्वास्थ्यकर्मी खटिएका छन् । भारतबाट आउने नेपालीहरूको कोरोना परीक्षण गर्न खटिएका स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि जनशक्ति अभाव हुने अवस्था आएको वलीले बताउनुभयो ।

हिजोआज भारतबाट आउने ठूलो सङ्ख्याका नेपालीहरूमा कोरोना पुष्टि हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्