Logo
|
Friday 26th April 2024
Logo

epaper

नेपालमा एकैदिन १० हजार बढीमा कोरोना संक्रमण, ५६२ संक्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा एकैदिन १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभरका प्रयोगशालाबाट १७ हजार ८७२ पीसीआर परीक्षण गर्दा ८ हजार ७३० र ४ हजार ९५६ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ५२८ जना गरी कुल १० हजार २५८ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ५ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ४ हजार ४ जना, ललितपुरमा ९७५ जना र भक्तपुरमा ५७० जना गरी कुल ५ हजार ५४९ जनामा संक्रमण देखिएको हो।

सोही अवधिमा ५६२ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ। अहिले देशभर ३९ हजार ४४ जना सक्रिय संक्रमित रहेका छन्। २४ घण्टामा देशभर २ लाख १३ हजार १४८ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्