Logo
|
Saturday 27th April 2024
Logo

epaper

संक्रमितको संख्या हालसम्मकै उच्च, एकैदिन ११ हजारभन्दा बढीमा संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ११ हजार ३५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जम्मा २३ हजार ४०९ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १८ हजार ७८ पीसीआर परीक्षण गर्दा ९ हजार ५२ जनामा र ५ हजार ३३१ एन्टीजेन परीक्षणबाट १ हजार ८५० जनामा कोभिड–१९ पुष्टि भएको हो । यस अवधिमा ६१३ जना भाइरस संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ४ जनाको निधन भएको छ ।

मन्त्रालयकाअनुसार कुल संक्रमितमध्ये ६ हजार ३४३ जना काठमाडौँ उपत्यकाका रहेका छन् । जसमध्ये भक्तपुरमा ५७८, ललितपुरमा १ हजार १९ र काठमाडौँमा ४ हजार ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४७ हजार ९२९ जना रहेको छ । सक्रिय संक्रमितमध्ये जना ४६ हजार ५१५ होम आइसोलेसनमा र १ हजार ४१४ हजार जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये जना १६९ आइसियूमा र २८ जना भेन्टिलेटरमा उपचारत छन् । यसैगरि संस्थागत क्वारेन्टिनमा १२८ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्