Logo
|
Friday 19th April 2024
Logo

epaper

भारतमा एकैदिन ३ लाखभन्दा बढीमा संक्रमण



जनस्वास्थ्य सरोकार, नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख १७ हजार ५३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा २ लाख २३ हजार ९९० जना भाइरस संक्रमणमुक्त भएका छन् । त्यसैगरि संक्रमणको कारणले ४९१ जनाको निधन भएको छ ।

भारतमा ८ महिनापछि ३ लाखभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।यसभन्दा पहिले १५ मे महिनामा ३ लाख ११ हजार ७७ जनामा संक्रमिण पुष्टि भएको थियो । हाल सक्रिय संक्रमितको संख्या १९ लाख २४ हजार जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्