Logo
|
Thursday 25th April 2024
Logo

epaper

विद्यालय नर्सिङ कार्यक्रमका लागि नियुक्त गरिएका नर्सलाई कोरोना संक्रमितहरुको उपचारमा खटाइने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । बागमती प्रदेश सरकारले विद्यालय नर्सिङ कार्यक्रमका लागि नियुक्त गरेको ३०० नर्सलाई कोरोना संक्रमितहरुको उपचारमा खटाउने भएको छ ।

कोरोना संक्रमण बढ्दै जाँदा जनशक्तिको अभाव हुन थालेपछि नर्सहरुलाई परिचालन गर्न लागिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिनुभयो ।

मन्त्रालयले आवश्यकताअनुसार जिल्ला अस्पताल वा स्वास्थ्य केन्द्रमा परिचालनका लागि स्वास्थ्य कार्यालयलाई पत्र पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्