Logo
|
Thursday 2nd May 2024
Logo

epaper

थप १० हजार ७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर २३ हजार ९२ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १८ हजार ६१८ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ८१५ र ४ हजार ४७४ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस अवधिमा ३ जनाको मृत्‍यु भएको छ भने ७६६ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै काठमाडौं उपत्यकामा एकै दिन ५ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयकाअनुसार काठमाडौंमा ४,२७९, ललितपुरमा ५६७ र भक्तपुरमा ४५३ जनामा कोरोना संक्रमण देखिएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ जना रहेका छन् । जसमध्ये ६३ हजार ७३४ जना होम आइसोलेसनमा र १ हजार ६४० जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये १९४ जना आईसीयू र ३५ जना भेन्टिलेटरमा उपचारत छन् ।

प्रतिक्रिया दिनुहोस्