Logo
|
Thursday 2nd May 2024
Logo

epaper

भारतमा घट्दै कोरोना भाइरस संक्रमण



जनस्वास्थ्य सरोकार, नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ३३ हजार ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा २ लाख ५९ हजार जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने सक्रमणको कारणले ५२५ जनाको निधन भएको छ । हाल देशभर २१ लाख ८७ हजार सक्रिय संक्रमित रहेका छन् ।

भारतमा पछिल्लो दुई दिनयता कोरोना संक्रमितको संख्या घट्दै गइरहेको छ। बिहीबार ३ लाख ४७ हजार जनामा संक्रमण पुष्टि भएको थियो । त्यसैगरि शुक्रबार ३ लाख ३७ हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। शुक्रबारको तुलनामा शनिबार संक्रमितको संख्यामा ४ हजारले कमी आएको छ ।

प्रतिक्रिया दिनुहोस्