Logo
|
Thursday 2nd May 2024
Logo

epaper

कालिकोटमा कोरोनाविरुद्धको खोप लगाउन गाउँ–गाउँमा घुम्ती शिविर सुरु



जनस्वास्थ्य सरोकार, कालिकोट । कालिकोटमा कोरोनाविरुद्धको खोप लगाउन गाउँ–गाउँमा घुम्ती शिविर सुरु गरिएको छ । संक्रमणदर बढ्दै गएपछि जिल्ला स्वास्थ्य कार्यालयले घुम्ती शिविर सञ्चालन गर्न लागेको हो ।

स्वास्थ्य कार्यलयको आयोजनामा स्थानीय तहको समन्वयमा जिल्लाभर कोरोनाविरुद्धको खोप लगाउन शिविर सञ्चालन गरिएको छ । घुम्ती शिविर सञ्चालन, विद्यालय र स्थानीय स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको खोप कार्यक्रमलाई तीव्र पारिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.रत्नवीर सुनारले जानकारी दिए ।

जिल्लामा हालसम्म १ लाख २७ हजार जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । जसमध्ये ८१ हजार ९५३ जनालाई भाइरसविरुद्धको पहिलो डोज र ४५ हजार ८०७ जनालाई दोस्रो तथा ३४० जनालाई बुस्टर डोज लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्