Logo
|
Sunday 12th May 2024
Logo

epaper

भारतमा घट्दै कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार, नयाँ दिल्ली । भारतमा लगातार तीन दिनयता नयाँ कोरोना संक्रमितको संख्यामा कमी आएको देखिन्छ । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ६ हजार ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बितेको शनिबार ३ लाख ३३ हजार ५३३ जनामा र शुक्रबार ३ लाख ३७ हजार जनामा कोभिड–१९ पुष्टि भएको थियो । शनिवारको तुलनामा आइतबार २७ हजार ४६९ अंकले संक्रमितको संख्यामा कमी आएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा २ लाख ४३ हजार जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने यस अवधिमा ४३९ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २२ लाख ४३ हजार जना रहेको छ ।

हालसम्म भारतमा ३ करोड ९५ लाख ४२ हजार ४३५ जनामा कोरोना भाइरुस संक्रमण पुष्टि भएको छ । कुल संक्रमितमध्ये ३ करोड ६७ लाख ९३ हजार ८७ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । कोरोना महामारीको चपेटामा परेर यहाँ हालसम्म ४ लाख ८९ हजार ८४४ जनाको निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्