Logo
|
Friday 26th July 2024
Logo

epaper

अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा महिनावारी र शारीरिक स्वच्छ्ताबारे शिक्षा, ६५ जना विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण



नेपाल हेल्थ न्युज, धरान । नेपाल नर्सिङ संघ वि.पि. कोइराला स्वास्थ विज्ञान प्रठिष्ठानले पूर्वाञ्चल ज्ञान चक्छु विद्यालयमा निःशुल्क स्वास्थ्य परीक्षण र शारीरिक स्वच्छताबारे शिक्षा प्रदान गरेको छ । अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा बालिकाहरुलाई महिनावारी स्वस्छ्ता र बालकहरुलाई शारीरिक स्वाच्छ्ताबारे शिक्षा प्रदान गरिएको हो ।

सो अवसरमा ६५ जना बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण भएको छ । उनीहरुको म ब्लड सुगर पनि परीक्षण गरिएको थियो । बालबालिकाहरुका लागि दैनिक उपयोगी सामान औषधि , वेटाडिन का सामग्री हस्तान्तरण गर्नुका साथै बालबालिकाहरुको लागि एक छाक खानाको व्यवस्थाका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्