Logo
|
Friday 26th April 2024
Logo

epaper

चर्चित हास्य कलाकार मनोज गजुरेललाई दोश्रो पटक कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चर्चित हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण भएको छ । सामाजिक सञ्जालमार्फत गजुरेलले आफुलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको छ ।

गजुरेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ- ‘ओमिक्रोनको आक्रमणबाट होम आईसोलेसनमा पस्नु भएका, अस्पतालमा बस्नु भएका तथा आईसियुमा पुग्नु भएका हामी सबैलाई सिघ्र स्वास्थ्यलाभको कामना गर्न तथा गराउन हार्दिक अनुरोध छ । नोटः पहिलोजस्तो सातो लिने र दोश्रोजस्तो ज्यानै लिनेचाहीँ हैन तर थलाचाहीँ राम्रैसँग पार्दो रहेछ । ढुक्कसँग उपचार गरौँ, केही नहुन्जेल केहीपनी हुँदैन ।’

गजुरेललाई यसअघि पनि कोरोना संक्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्