नेपाल आयुर्वेद चिकित्सक संघको दशौं महाधिवेशन स्थगित
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल आयुर्वेद चिकित्सक संघको दशौं महाधिवेशन स्थगित भएको छ। माघ २१ र २२ गतेको लागि निर्धारित दशौं राष्ट्रिय महाधिवेशन कोरोना महामारीको कारण स्थगित भएको हो ।
विश्वव्यापी कोरोना महामारीको कारण सरकारी निर्देशन बमोजिम महाधिवेशन स्थगित गर्नु पर्ने वाध्यताको कारणले हाललाई अर्को सूचना प्रकाशित नभए सम्मको लागि महाधिवेशन स्थगित गरिएको संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीले जानकारी दिनुभएको छ ।
साथै विभिन्न समितिका कार्यहरु सुचारु राख्न समितिका संयोजक तथा सदस्यहरुलाई संघले आग्रह गरेको छ। समय अनुकुल भएपछि महाधिवेशनको मिति सार्वजनिक गरिने संघले जनाएको छ।
।
