Logo
|
Thursday 25th April 2024
Logo

epaper

काठमाडौँ उपत्यकामा थप ६ हजार १७२ जनामा कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६ हजार १७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार गत २४ घण्टामा सबैभन्दा बढी काठमाडौंमा ४ हजार ८७५ जना संक्रमित थपिएका छन्। यस्तै, ललितपुरमा ७८२ र भक्तपुर जिल्लामा ५१५ संक्रमित थपिएका छन् ।

मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ५६ हजार ८८२ पुगेको छ। जसमध्ये काठमाडौँमा ४१ हजार ६३३ जना, भक्तपुरमा ५ हजार ५८१ जना र ललितपुरमा ९ हजार ६६८ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्