Logo
|
Friday 19th April 2024
Logo

epaper

भारतमा पुनः बढ्यो कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार, नयाँ दिल्ली । भारतमा लगातार चार दिनदेखि घटिरहेको कोरोना संक्रमण पुनः बढेको छ । पछिल्लो २४ घण्टामा यहाँ २ लाख ८५ हजार ९२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार २ लाख ५५ हजार ८७४ जनामा कोभिड पुष्टि भएको थियो ।

भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा २ लाख ९९ हजार ७३ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ६६५ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २२ लाख २३ हजार जना रहेको छ ।

हालसम्म भारतमा ४ करोड ८२ हजार ७१५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । त्यस्तै ३ करोड ७३ लाख ५९ हजार ८१९ जना भाइरस संक्रमणमुक्त भएका छन् । यहाँ महामारीको चपेटामा परेर करिब ४ लाख ९१ जनाको निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्