Logo
|
Wednesday 22nd January 2025
Logo

epaper

बजारमा परासिटामोलको अभाव विस्तारै सहज हुँदै



जनस्वास्थ्य सरोकार, काठमाडौँ । बजारमा देखिएको परासिटामोलको अभाव विस्तारै सहज हुँदै गएको छ ।

सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडल र निजी औषधि उत्पादक कम्पनिहरुले उत्पादन बढाएसँगै बजारमा पारासिटामोटल पाइन थालेको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ६ वटा फार्मेसीमा अनुगमन गर्दा चारवटामा सिटामोल भेटिएको छ । बी एन्ड बी अस्पताल क्षेत्रका दुई फार्मेसीमा अनुगमन गर्दा दुवैमा सिटामोल भेटिएको थियो । चाबहिल क्षेत्रका ६ फार्मेसीमा अनुगमन गर्दा ४ वटामा सिटामोल थियो । फार्मेसीहरूले बिरामीको अवस्था अनुसार एक जना व्यक्तिलाई एक पत्ता सिटामोल दिएका छन् । सरकारले अनुगमन तीव्र बनाएपछि अहिले फार्मेसीहरूले औषधि लुकाएका छैनन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सिटामोललगायत औषधिको सहज आपूर्ति व्यवस्था मिलाउन बुधबार गृहमन्त्री बालकृष्ण खाँण र मुख्यसचिव शंकर बैरागीलाई निर्देशन दिनुभएको थियो । ।

त्यसपछि औषधि लिमिटेड, औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ, पैठारीकर्ताहरुको औषधि व्यवस्था विभागमा छलफल भएको थियो । छलफलमा सबैले आ–आफ्नो तर्फबाट उत्पादन र आपूर्ति गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्