Logo
|
Wednesday 22nd January 2025
Logo

epaper

नेपालमा अझै तीस प्रतिशत जनसंख्या पूर्ण खोप लगाउनबाट बञ्चित



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा अझै तीस प्रतिशत जनसंख्या पूर्ण खोप लगाउनबाट बञ्चित छन् । हालसम्म ८३ प्रतिशतले एकमात्रा खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोभिसिल्ड, अस्ट्राजेनेका, भेरोसेल, जोन्सन एण्ड जोन्सन, मोडर्ना, फाइजर गरेर ४ करोड २० लाख ४९ हजार ६ सय ४० डोज खोप प्राप्त भएकोमा ३ करोड ६ लाख ४ हजार १५२ मात्रा प्रयोग भइसकेको छ ।

त्यस्तै १२ देखि १७ वर्षका १८ लाख ७२ हजार ७६० बालबालिकाले पहिलोमात्रा र ३ लाख ५८ हजार २९८ जना बालबालिकाले पुर्णमात्रा खोप लगाइसकेका छन् ।


नेपालमा कोभिड-१९ विरुद्धको खोप अभियान सुरु भएको शुक्रबार एक वर्ष पुगेको अवसरमा स्वास्थ्य मन्त्री विरोध खतिवडाले खोप व्यवस्थापन तथा समन्वयनमा खटिने स्वास्थ्यकर्मी, कर्मचारी, सञ्चारमाध्यम र संलग्न सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

‘खोप तथा खोपजन्य सामाग्रीको विश्वव्यापी चुनौतीकाबिच खोप अभियानलाई सुचारु गर्न केन्द्र, प्रदेश, स्थानीय तहहरुको सहयोग र सहजीकरण गर्नु हुने सम्पूर्ण राप्ट्रिय, अन्तर्राष्ट्रिय संघ, संस्था, निकायहरू, जनप्रतर्तानधिहरू, खोप व्यवस्थापन तथा समन्वयमा खटिने स्वास्थ्यकर्मीहरु तथा कमंचारीहरू, आमसन्तार माध्यमहरू, आमसर्वसाधारणहरु सबैमा हार्दिक आभार प्रकट गर्न चाहन्छु।’– मन्त्री खतिवडाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

May be an image of text

प्रतिक्रिया दिनुहोस्