Logo
|
Thursday 2nd May 2024
Logo

epaper

वीरेन्द्र सैनिक अस्पतालद्वारा ६० जना नर्ससहित ८ जना डाक्टर माग



जनस्वास्थ्य सरोकार, काठमाडौँ। छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल छाउनीले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । अस्पतालले ६० जना नर्स र ८ जना मेडिकल अधिकृत करार सेवामा पदपूर्तिका लागि दरखास्त आव्हान गरेको हो ।

अस्पतालले मंगलबार सुचना जारी गर्दै कोभिडको तेस्रो लहरबाट उत्पन्न भएको प्रतिकुल परिस्थितिमा संक्रमित बिरामीको उपचारका लागि भन्दै दरखास्त आव्हान गरेको जनाएको छ ।

अस्पतालले मेडिकल अधिकृत ८ जना, वीएन बीएस्सी नर्स १० जना र स्टाफ नर्स ५० जना माग गरेको छ । इच्छुक व्यक्तिले मंगलबार (आज) देखि बिहीबार दिउँसो ३ बजेभित्र दरखास्त दिईसक्नुपर्ने समेत सुचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्