Logo
|
Friday 19th April 2024
Logo

epaper

आजबाट ललितपुरमा बालबालिकालाई फाइजरको दोस्रो डोज लगाइँदै



जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुर महानगरपालिकामा आजदेखि बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप फाइजरको दोस्रो डोज लगाउन थालिएको छ।

महानगर क्षेत्रका सबै विद्यालयमा अध्ययनरत १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप लगाउन थालिएको प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जनाएका छन्। महानगरले २५ माघसम्म विभिन्न वडामा खोप अभियान सञ्चालन गर्नेछ।

बालबालिकालाई बिहान १०ः३० देखि अपराह्न ४ बजेसम्म खोप लगाइनेछ। यसका लागि महानगरले विभिन्न वडामा खोप केन्द्र तोकेको छ।

प्रतिक्रिया दिनुहोस्