कोभिड सङ्क्रमण दर १८ प्रतिशतमा झर्यो, १३८६ नयाँ संक्रमित थपिँदा ८७०४ निको
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएको थियो । ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी एक हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा ८ हजार ७०४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।