Logo
|
Wednesday 8th May 2024
Logo

epaper

शुक्रबार थपिए ११२८ संक्रमित, १४ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । देशभर पछिल्लो २४ घन्टामा थप १ हजार १२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९८९ वटा नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २१५ जना संक्रमित निको भएका छन् । शुक्रबार कोरोनाबाट मृत्यु हुनेको संख्या १४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्