Logo
|
Wednesday 8th May 2024
Logo

epaper

गायक तथा संगीतकार बप्पी लहरीको निधन




बलिउड चर्चित गायक तथा संगीतकार बप्पी लहरीको निधन भएको छ । उहाँको ६९ वर्षको उमेरमा मंगलबार राती मुम्बईस्थित क्रिटी केयर अस्पतालमा निधन भएको हो ।

अब्स्ट्रटिभ स्लीप एप्निया (ओएसए)को कारण उहाँको निधन भएको अस्पतालले जनाएको छ ।

एक महिना अघिदेखि अस्पताल भर्ना हुनु भएको बप्पी सोमबार डिचार्ज भएर घर फर्किनु भएको थियो । तर मंगलबार पुनः स्वास्थ्य अवस्था विग्रिएपछि उहाँलाई अस्पताल पुर्याइएको थियो ।

बप्पी ‘डिस्को किङ्ग‘को रुपमा पनि परिचित हुनुहुन्छ । उहाँले डिस्को डान्सर, शराबी, चलते चलते लगायतका थुप्रै चर्चित गीतहरु गाउनु भएको छ । बलिउडमा करिब ५० वर्ष काम गर्नु भएको उहाँले अन्तिम गीत सन् २०२० मा बलिउड फिल्म ‘बागी ३‘को लागि गाउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्