Logo
|
Friday 26th April 2024
Logo

epaper

क्यान्सर सचेतना र स्क्रिनिङको जरुरत



हाम्रो समाजमा क्यान्सर एउटा डरलाग्दो रोगको रुपमा परिचित छ । संसारमा ज्यान लिने धेरै रोगहरुमध्ये क्यान्सर दोस्रो स्थानमा पर्छ । यो मानव मृत्युको मुख्य कारण पनि हो ।

ग्लोबोक्यानको २०१८ को अध्ययनले विश्वमा वर्षेनी १ करोड ८१ लाख व्यक्तिमा क्यान्सर हुने गरेको देखाएको छ । त्यसमध्ये वर्षेनी करिब ९.६ मिलियनको ज्यान ज्यान जाने गरेको छ । यस अध्ययनले मृत्यु हुने ६ जनामध्ये एकजनाको क्यान्सरका कारण मृत्यु हुने गरेको देखाएको छ । क्यान्सरबाट हुने करिब ७० प्रतिशतको मृत्यु निम्न र मध्यम आम्दानी भएका देशहरु रहेका छन् ।

नेपालमा आधिकारिक तथ्यांक नभएपनि क्यान्सरबाट धेरैको ज्यान गइरहेको छ । सन् २०१८ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को क्यान्सर रजिष्ट्रीले काठमाडौं उपत्यकाभित्र पुरुषमा सबभन्दा बढी फोक्सो, पेट, मुत्राशय, पित्तथैली र लिम्फोमा क्यान्सर भएको पाइएको छ ।

यसैगरी ७०—७४ वर्ष उमेर समूहका पुरुषमा क्यान्सर बिरामी मृत्युदर उच्च रहेको देखिन्छ । महिलामा स्तन, फोक्सो, पाठेघरको मुख, पित्ताशय र डिम्बासयको क्यान्सर प्रमुख रहेका छन् । क्यान्सर बिरामी मृत्युदर ७५ वर्षमाथिका उमेर समूहमा सबैभन्दा बढी र त्यसपछि ६५ देखि ६९ बर्ष उमेर समूहमा बढी पाइएको छ ।

यद्यपी नेपाललगायत विश्वमा मुख्य रुपमा फोक्सो, आमाशय, कलेजो, ठूलो आन्द्रा, आहार नली, प्रोस्टेट,स्तन, पाठेघरको मुख, रक्त क्यान्सरले धेरैको ज्यान लिएको पाइन्छ । शुरुको अवस्थामा क्यान्सरको उपचार भएमा यसबाट हुने आधा मृत्यूलाई जित्न सकिने अमेरिकन क्यान्सर सोसाइटीको अनुमान छ ।

क्यान्सर लागेपछि सर्जरी, केमोथेरापी र रेडिएसन थेरापी नै मुख्य उपचार हो । त्यसैले सुरुको अवस्थामा पहिचान भएर भरपर्दो उपचार पाएमा धेरैजसो क्यान्सर निको पार्न सकिने चिकित्सकहरु बताउँछन् ।

क्यान्सर न्यूनिकरणका लागि व्यक्तिगत, पारिवारिक र सामाजिक भूमिका महत्वपूर्ण हुन्छ । यो विश्वव्यापी नारालाई आधार मानेर नेपालमा एउटा निश्चित उमेरपछि अनिवार्य क्यान्सर स्क्रिनिङ गर्ने प्रणाली विकास हुन जरुरी छ ।

यसका लागि सरकारले राष्ट्रिय क्यान्सर नीति ल्याएर स्वास्थ्य परीक्षणमा सबैलाई क्यान्सर पहिचानको पहुँचभित्र ल्याउनुपर्छ ।

क्यान्सर स्क्रिनिङका लागि ठाउँ ठाउँमा अवाश्यक स्वास्थ्य संस्थाहरुको व्यवस्था मिलाउनुपर्छ । स्वस्थकर खानपानतिर ध्यान दिनुपर्छ ।

यसका साथै एउटा निश्चित उमेरपछि व्यक्ति स्वयं सचेत भएर क्यान्सर स्क्रिनिङ गराउनाले पनि हुनसक्ने क्यान्सरको संभावित खतरा न्यूनिकरण गर्न मद्धत पुग्छ ।

प्रतिक्रिया दिनुहोस्