Logo
|
Thursday 25th April 2024
Logo

epaper

खाली काखको पीडाः उपाय र उपचार



बिवाहपछि हरेक दम्पतीले सन्तान सुखको चाहना राख्छन् । सन्तान सुख प्राप्त गर्नेहरु खुशी हुन्छन् । निःसन्तान हुनेहरु व्यक्तिगत र पारिवारिक खुशीबाट वञ्चित हुन्छन् । प्रायःदम्पतीले सामना गर्ने विभिन्न महत्वपूर्ण मेडिकल मुद्दाहरूमध्ये निःसन्तान प्रमुख समस्या हो ।

केही जोडीहरू सन्तान सुख प्राप्त गर्ने चाहनामा विभिन्न उपचारमा संघर्ष गरिरहेका हुन्छन् । ती मध्ये केहीले प्रजनन् उपचारपछि गर्भधारण गर्न सक्छन् भने केही उपचारको धेरै प्रयासपछि पनि असफल हुन्छन् । उनीहरुमा खाली काखको पीडा निकै जटिल समस्या बनेको छ ।

परिवार नियोजनका साधन प्रयोग नगरी दम्पत्तिबीच निरन्तर शारीरिक सम्बन्ध भएको एक वर्षसम्म पनि गर्भ रहन नसकेको अवस्थामा निःसन्तानको समस्या मानिन्छ । परिवार नियोजनको साधन प्रयोग नगरी यौन सम्बन्ध राखेको १ वर्षभित्र ८० प्रतिशत दम्पतीको बच्चा जन्मिसकेका हुन्छन् भने ९० प्रतिशतको विवाह गरेको दुई वर्षमा बच्चा जन्मिन्छन् । त्यसपछि पनि बच्चा नभएमा निःसन्तानको समस्या हो कि भन्ने शंका गर्नुपर्छ । जँचाएर कारण पत्ता लगाउनतिर लाग्नुपर्छ ।

आधुनिक चिकित्सा पद्धतिले सन्तान प्राप्तीका सन्दर्भमा आउने विभिन्न समस्याको समाधान सुल्झाएको छ । सन्तान सुखका लागि उपाय र उपचार धेरै छन् । तसर्थ सन्तान सुख पाउन तत्काल परामर्श लिएर उपचार गर्नु राम्रो हुन्छ । बेलैमा गरिएको उपचारले सन्तान प्राप्तीको आनन्द महसुस गर्न सकिन्छ । ]

सन्तान नभएको समस्याका कारण परिवार र समाजको होच्याउने प्रवृत्तिले विवाहित दम्पत्तिहरुको मनमा ठूलो चोट पु¥याएको पाइन्छ । नेपाली समाजमा सन्तान जन्माउन नसक्नुमा धेरैजसो महिलालाई दोष लगाउने गरिन्छ । तर निःसन्तान हुनुमा पुरुषको पनि त्यत्तिकै ठूलो हात छ ।

प्रतिक्रिया दिनुहोस्