Logo
|
Friday 26th April 2024
Logo

epaper

प्यारालाईसिसबाट मुक्ती दिने नयाँ टेक्नोलोजी



मानिसको जीवन चक्र पुरानो पात झरेर नयाँ पालुवा पलाउँदै गएजस्तै हो । तर कहिलेकाँही विभिन्न कारण अकालमा मानिसको ज्यान जाने खतरा बढ्नसक्छ । यसैमध्येको एक हो मस्तिष्कघात पनि ।

एकदिन अर्जुन बस्नेत नाम गरेका एकजना व्यक्तिलाई मस्तिष्कघात हुन्छ र उपचार पनि नाटकीय शैलीमा पाउँछन् उनले । दश दिनमै आफ्नो सामान्य दिनचर्यामा फर्किन सफल हुन्छन् ।

उनको बाँसबारीस्थित उपेन्द्र देवकाटा मेमोरियल न्युरो हस्पिटलमा रहेको न्युरो इन्टरभेन्सन पद्धतिबाट बिना शल्यक्रिया क्याथेटरको माध्यमबाट मस्तिष्कमा जमेको रगतको थेग्लो निकालेका कारण सामान्य जीवनमा फर्किए अर्जुन । पढ्दा कथा जस्तो लाग्नसक्छ । तर यो घटना सत्य हो ।

मस्तिष्कघात भएका कति व्यक्ति जीवनभर प्यारालाईसिस हुन्छन् भने कतिपय व्यक्तिको तत्काल ज्यान पनि जानसक्छ । त्यो मस्तिष्कघातको प्रकारमा भर पर्ने कुरा हुन्छ । यस प्रकारको समस्या प्रायः उच्च रक्तचाप, उच्च कोलेस्टेरोल र मधुमेह भएका व्यक्तिहरुलाई हुनसक्ने सम्भाना रहन्छ । अर्जुनमा पनि कोलेस्टेरोल उच्च थियो । सायद यसैको परिणाम अर्जुनमा मस्तिष्कघात भएको हुनसक्छ । यस्ता धेरै व्यक्तिहरु मस्तिष्कघातको जोखिममा बसिरहेका छन् । कतिपयलाई मस्तिष्कघात भएपछि यस प्रकारको प्रविधि कहाँ छ भन्ने जानकारी नहुनसक्छ ।

अमेरिकाको हारवर्ड विश्वविद्यालयका अनुसार,मस्तिष्कमा सयौं अरब कोशिकाहरु हुन्छन् । मस्तिष्कघात भई रक्तनली बन्द भएर उपचार नपाएको खण्डमा प्रतिमिनेट करिब २० लाख दिमागका कोशिकाहरु मर्दछन् । त्यसैले मस्तिष्कघातलाई एक्युट मेडिकल इमर्जेन्सी (आपत्कालीन स्वास्थ्य समस्या) भनिन्छ । मस्तिष्कघात भएका बिरामीको उपचार, विगतमा थ्रोम्बोलाइसिसमा मात्र सिमित थियो ।

यस पद्धतिमा औषधिको प्रयोगबाट रगतको थेग्लो पगाल्न प्रयास गरिन्छ । यसका लागि मस्तिष्कघात भएको साढे चार घण्टा भित्र बिरामीलाई अस्पताल पु¥याउनुपर्ने हुन्छ । अहिले भने न्युरो इन्टरभेन्सन पद्धतिबाट २४ घण्टा सम्म पनि यस्ता बिरामीलाई अस्पताल पुर्याउन सकेमा बन्द भएको ठूलो रगतको नसाबाट त्यो थेग्लो निकालेर बिरामीलाई पुर्ववत अवस्थामा ल्याउन सम्भव भएको छ ।

अहिले बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलमा नेपालकै पहिलो वाई प्लेन क्याथल्याब जडान भई विगत एक वर्षदेखि सञ्चालनमा आएको छ । हालसम्म ३० जना भन्दा बढीले थ्रम्बेक्टोमी र ४५जना भन्दा बढीले एन्युरिजम क्वाइलिङको सेवा पाई सक्नुभएको छ । साथै यस प्रविधिमाबाट गरिएको उपचारमा ९२ देखि ९५ प्रतिशतसम्म सफलता प्राप्त भएको छ । यो नेपालमा पहिलोपटक भित्रिएको अत्याधुनिक सेवा हो ।

यस अस्पतालमा बाईप्लेन क्याथल्याब भित्रिए सँगै वरिष्ठ न्युरो सर्जन प्रा.डा. उपेन्द्र देवकोटाको न्युरो इन्टरभेन्सन सेवा सर्वसुलभ बनाउने सपना साकार भएको छ । हस्पिटलमा इन्टरभेन्सनल रेडियोलोजिष्ट डा.सुबास फुयालले गत एक वर्षदेखि न्युरो इन्टरभेन्सन सेवा प्रदान गर्दै आउनुभएको छ ।

उहाँ न्युरो इन्टरभेन्सनमा अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेज (एम्स, नयाँ दिल्ली) बाट डीएम गर्ने पहिलो नेपाली चिकित्सक हुनुहुन्छ । यद्यपी यस प्रकारका प्रविधिहरुले मस्तिष्कघातबाट हुनसक्ने प्यारालाईसिसबाट छुटकारा पाउन निकै मद्धत गरिरहेको छ । यस प्रविधि भित्र्याएर सेवा उपलब्ध गराउने हस्पिटल र डाक्टर धन्यवादका पात्र हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्