Logo
|
Friday 19th April 2024
Logo

epaper

न्युरो इन्डोभास्कुलर प्रविधिको कमाल



विगतमा न्युरो सर्जरी अभ्यास अहिलेभन्दा निकै गाह्रो थियो । सिटी स्क्यानको भरमा सम्पूर्ण टाउकाको शल्यक्रिया गर्नुपथ्र्यो । अहिले अत्याधुनिक प्रविधि भित्रिएका छन् । यसले बिरामीको ज्यान जोगिने दर बढिरहेको छ

नेपालमा पहिलोपटक उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलमा भित्र्याइएको वाइप्लेन क्याथ ल्याबबाट मस्तिष्कघात, एन्युरिजम र ब्रेन ह्यामरेज भएका ४ सय भन्दा बढी बिरामीहरुको न्युरो इन्टरभेन्सन पद्धतिबाट ज्यान जोगिन सफल भएको छ ।

विभिन्न अध्ययनमा मस्तिष्कघात, एन्युरिजम र ब्रेम ह्यामरेज (नशा च्यातिएको) भएका बिरामीको उपचार गर्दा १० देखि १५ प्रतिशत कम्लिकेसन हुनसक्छ । तर न्युरो इन्टरभेन्सन प्रविधिले गर्दा अस्पतालमा अहिलेको सफलता दर लगभग ९०—९५ प्रतिशत रहेको छ ।

न्युरो इन्डोभास्कुलर प्रविधिमा हात वा खुट्टाको नसाबाट क्याथेटर पठाएर मस्तिष्कको रगतको नसा भित्र जमेको रगतको थेग्लो निकालिन्छ । मस्तिष्कको भास्कुलर समस्या जस्तै, एन्युरिजम (रक्तनलीको फोको), घाँटीको नसा सुक्ने, मेरुदण्डको नसा सम्बन्धि समस्यामा पनि न्युरो इन्टरभेन्सन पद्धति निकै प्रभावकारी मानिएको छ ।

बिना शल्यक्रिया हात या खुट्टाको नशाबाट क्याथेटर छिराएर समस्याग्रस्त मस्तिष्कको नसाको उपचार गर्ने नयाँ प्रविधिलाई न्युरो इन्टरभेन्सन सर्जरी भनिन्छ । बन्द भएको मस्तिष्कको नसा खोल्ने, नशामा गुच्छा भए नसा बन्द गर्ने र नसा च्यातिएर ह्यामरेज भए भित्रबाटै सिलाउन सकिने अत्याधुनिक प्रविधि हो यो ।

विगतमा स्ट्रोक (मस्तिष्कघात) को उपचार थ्रोम्बोलाइसिसमा मात्र सिमित थियो । यस प्रविधिमा मस्तिष्कको ठूलो नसा बन्द भएमा रगत पगाल्ने औषधि दिइन्थ्यो । प्यारालाईसिस भइसकेपछि ओछ्यानमा बस्नुको विकल्प थिएन । तर अहिले मस्तिष्कको बन्द भएको नसा ६ घण्टाभित्र अस्पताल पु¥याउन सकेमा न्युरो इन्टरभेन्सन प्रविधिबाट रगतको थेग्लो निकाली विरामीलाई पूर्ववत अवस्थामा फर्काउन सकिन्छ । तर समस्याको जटिलताको आधारमा २४ घण्टासम्म पनि यस्ता बिरामी अस्पताल पु¥याउन सकेमा राम्रोसँग रिकभर हुनसक्छ । प्यारालाईसिस भएर बाँच्नु पर्दैन ।

त्यसैले न्युरो इन्टरभेन्सन प्रविधिमा प्रयोेग हुने क्याथेटरलगायतका सामान सबै अमेरिका, युरोप लगायतका मुलुकबाट ल्याउनुपर्ने भएकाले महँगा छन् । सरकारी अस्पतालमा होस् या निजी, न्युरो इन्टरभेन्सन पद्धतिबाट उपचार गर्न जटिलताको आधारमा ५० हजारदेखि २० लाख रुपियाँसम्म खर्च लाख्नसक्छ । त्यसैले सरकारले उपकरण आयातलगायतका विभिन्न कुरामा सहयोग गरे गरिब एवं विपन्न बिरामीको समेत उपचारमा पहुँच पुग्नसक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्