Logo
|
Wednesday 24th April 2024
Logo

epaper

आगामी वैशाख १ गतेदेखि औषधिको आयात नगर्ने नेपाल औषधि व्यवसायी संघको निर्णय

उत्पादक कम्पनिको एमआरपी मूल्यकै आधारमा पैठारी सिफारिस पत्र नविकरण हुनुपर्ने माग



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल औषधि व्यवसायी संघले आगामी वैशाख १ गतेदेखि औषधिको आयात नगर्ने निर्णय गरेको छ । केन्द्रिय कार्यसमितिका २१ सदस्य सहित सातै प्रदेशका प्रदेश अध्यक्षसम्मिलित पूर्ण वैठकले सो निर्णय गरेको हो ।

भारतमा जुन मूल्यमा एमआरपी छ, त्यही मूल्यमा पैठारी सिफारिस पत्र नविकरण हुनुपर्ने मागप्रति सरकारले गरेको बेवास्ताका कारण औषधि आयात नगर्ने निर्णय गरेको संघका केन्द्रिय अध्यक्ष मिर्गेन्द्र मेहेर श्रेष्ठले बताउनुभयो ।

संघले गत फागुन २७ गते प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिवलाई ज्ञापनपत्र दिएर ३० दिनको अल्टिमेटम दिएको थियो ।

तीन महिने तालिम लिएकाले औषधि पसल खोल्न नपाउने औषधि व्यवस्था विभागको निर्णय खारेज हुनुपर्ने संघको माग रहेको छ । औषधि ऐन २०३५ को दफा १७ मा तीन महिने तालिम लिएका व्यक्तिहरुले पनि औषधि पसल खोल्न पाउने प्रावधान विभागले मिच्याई गरेर हतोत्साही गरेको संघको गुनासो छ ।

हरेक वर्ष नविकरण गर्नुपर्ने समस्यालाई बढाएर ५ वर्ष पुर्यानुपर्ने संघले आग्रह गरेको छ । ९० दिनभित्र नविकरण नगरेमा हालको ५ सय प्रतिशत जरिवानाको अन्त्य गर्नुपर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

हाल मुलुकभर २१ हजारभन्दा बढी औषधि व्यवसायीहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्