Logo
|
Tuesday 22nd October 2024
Logo

epaper

उच्च रक्तचाप व्यवस्थापनका लागि खानपान



विश्वभर उच्च रक्तचापको समस्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । बितेको ४० वर्षको तुलनामा अहिले उच्च रक्तचाप समस्या भएको व्यक्तिहरुको संख्यामा दोब्बर वृद्धि भएको तथ्यांकले देखाउँछ । उच्च रक्तचापले मुटु रोग, हृदयघात र पक्षघातको जोखिम बढाउँछ ।

अमेरिकास्थित रोग नियन्त्रण तथा रोकथाम संस्थाले गरेको एक अनुसन्धानले ७५ मिलियन अमेरिकन नागरिक उच्च रक्तचापको जोखिममा रहेको देखाएको छ ।

अन्य रोगमा जस्तै उच्च रक्तचापमा पनि आहारको महत्वपूर्ण भूमिका हुन्छ । सन्तुलित आहार, खानपान , जीवनशैली, रहनसहन आदिले उच्च रक्तचापको जोखिमलाई कम गर्न सकिन्छ ।

उच्च रक्तचापका प्रमुख कारक
उच्च रक्तचापको समयमै औषधोपचार नगर्दा यसले रक्त कोष र धमनीलाई असर पुर्याएर गम्भिर स्वास्थ्य समस्या निम्त्याउन सक्छ । सन् २०१७ मा गरिएको एक अनुसन्धानका अनुसार वातावरण, वारिवारिक, गरिबि, सामाजिक, वंशाणुगत कारण आदि उच्च रक्तचापका मूख्य कारण हुन सक्ने उल्लेख गरेको थियो ।


धुम्रपान, अस्वस्थकर खानपान, अस्तव्यस्त जीवनशैली मोटोपना, अत्याधिक नुन र तेलको सेवन, कम निन्द्रा, तनावपूर्ण वातावरण, सन्तुलित आहारको कमी आदि उच्च रक्तचापका प्रमुख कारक प्रमुख कारण हुन् ।

मिरा शाह
आहार तथा पोषण विशेषज्ञ


द सेन्टर फोर डिजिज कन्ट्रोल एन्ड प्रेभेन्सन (सिडिसि) का अनुसार घरायसी कलह, झै–झगडा, तनावपूर्ण वातावरणले समेत उच्च रक्तचाप बढाएको देखाएको छ ।

लक्षण
अत्याधिक मस्तिष्क दुखाइ, टाउको दुख्ने, छाति दुख्ने, पोल्ने, स्वास फेर्न गाह्रो हुने, थकान, कमजोरी हुने, हिँडडुल गर्न मन नलाग्ने जस्ता लक्षण देखिन सक्छन् ।

सन्तुलित भोजन तथा पोषिलो खानपान
जुनसुकै रोगमा पनि सन्तुलित आहारको महत्वपुर्ण भूमिका हुन्छ । औषधीले मात्र रोग निको नहुन सक्छ । सन्तुलित आहार, अभ्यास, खानपान, जीवनशैली, सकारात्मक सोचाईले ८० प्रतिशत रोग नियन्त्रण गर्न सकिन्छ । उच्च रक्तचापका लागि एउटा फरक खालको आहार छ । यसलाई अंग्रेजीमा ड्यास डाइट (डाइटरी एपरोच टु स्टप हाइपर टेन्सन) भनिन्छ ।

ड्यास डाइटले उच्च रक्तचापका साथै अन्य रोगहरु जस्तै मुटु, हृदयघात, पक्षघात , मिर्गौला रोग आदिबाट बचाउँछ । यस डाइटमा हरियो सागपात , तरकारी ,फलफूल, चिल्लो रहित दूध, मोही र गेडागुडी पर्दछन् ।

ड्यास डाइटका फाइदा

मोटोपना घटाउन र क्यान्सर जस्तो जटिल रोग लाग्नबाट बच्न सकिन्छ । यस डाइटमा चिल्लो कम हुने हुँदा मुटु रोग र तौल नियन्त्रणमा राख्न सकिन्छ । उच्च कोलेस्टेरोल र स्तन क्यान्सरको जोखिम काम गर्छ ।

एउटा महिलाको समुहमा गरिएको अनुसन्धानले जसले यो आहारको सेबन गरेकोे थियो , त्यसको २ण् प्रतिशत मुटु रोग तथा २९ प्रतिशत पक्षघात कम भएँको प्रमानित भएँको थियो ।

यसका मूख्य खाद्यपदार्थहरु
रेसायुक्त अन्न तथा खाद्यपधार्थ फाइबरयुक्त अन्न जस्तै, चोकर सहितको गहुँको पिठो, ओटस, कोदो, फापर, च्याख्ला, उसिनेको चामल ।


हरियो ताजा सागपाात तथा तरकारिमा पोटासियम प्रचुर मात्रामा पाइन्छ । यसले उच्च रक्तचापलाई कम गर्न मद्दत पुर्याउँछ । त्यस्तै लट्टे साग, कर्कलो साग, फर्सिको मुन्टा , पालुङगो, सलगम, गान्टेमुला इत्यादिको सुप तथा जुस सेबन गर्नुपर्छ ।
स्ट्रबेरी, चेरी र सुन्तलामा प्राकृतिक यौगिक पदार्थ पाइन्छ । यसलाई फ्लाभोनोइड भनिन्छ । यसको प्रयोगले उच्च रक्तचापलाइ कम गर्न मद्दत गर्दछ ।


गान्टेमुला, चुकन्दर , तरुल, पीडालु, हरियो सागपात, सलगम सेलेरी, रायो, पालुङो साग र बिटरुट, आदिमा नाइटिक अक्साइड पाइन्छ् । यसको जुसको सेवनले २४ घण्टामा नै राम्रो असर देखा पर्न थाल्छ ।


मोही तथा चिल्लो नभएको दूध , दहीमा क्याल्सियम पाइन्छ । अमेरिकन हार्ट एसोसिएसनले गरेकोे अनुसन्धानले महिलाले पाच दिन दही , मोहीको सेबनले २० प्रतिशत उच्च रक्तचाप घटेको देखाएको थियो ।


ओटस, जौको चिउरमा उच्च फाइबर , चिल्लो रहित कम सोडियम भएकाले बिहानको खाजा, नास्ता दैनिक समावेश गर्दा मधुमेह, मोटोपन र उच्च रक्तचापबाट बच्न सकिन्छ ।


केरा , सुन्तला , मौसम , मेवा, मौसमी फलफूलहरुमा पोटासियम पाइने भएकाले दैनिक सेवन गर्न सकिन्छ, ।


माछामा राम्रो खालको ओमेगा थ्री पाइन्छ । सालमोन माछाको प्रयोगले शरीरमा भएँको संक्रमणलाइ घटाउँछ । साथै यसमा भिटामिन डी पनि पाइन्छ । तर तेलमा तारेर खानु हुँदैन । तरकारी जस्तै पकाएर खानुपर्छ ।


सुर्यामुखी फूल र फर्सिको बियाँमा पोटासियम, म्याग्नेसियम तथा खनिज तत्वहरु पाइने भएकाले लगातर पाँचै दिन सेवन गरेमा राम्रो फाइदा पाउन सकिन्छ ।


लसुन, जैतुनको तेल, कालो चकलेट, ओखर , पेस्ता, अनारको जुस प्रयोगले, उच्च रक्तचाप, मधुमेह, र मुटुरोगको लाग्नबाट बचाउँछ ।
सुझाव

  • नियमित आफ्नो स्वास्थ्यको प्रशिक्षण गर्नुहोस ।
  • चिकित्सकको सल्लाहमा बमोजिम औषधिको प्रयोग गर्नुहोस् ।
  • आफ्नो तौल नियन्त्रणमा राख्नुहोस् ।
  • खानपानमा बिशेष ध्यान दिनुहोस् ।
  • तनाव नलिने, खुशी बस्ने, समुहमा बस्ने, घर परिवारलाई राख्ने, आफ्नो समस्या वा रोगको बारे जानकारी दिनुहोस् ।
  • आफ्नो भान्सामा चिनि ( मिश्री, सखर) नुन (सिरे नुन, बिरे नुन) तेल (आलस, तिल, शुद्ध तोरी, नरिवलको तेल) तयारी र बाहिरका खानेकुरा, जुस लगायतका पेय पदार्थहरुको प्रयोग कम गरौँ ।
  • कालो, हर्बल चिया , ग्रिन टी, दालचिनि, मरिचको चिया पिउनुहोस् ।
  • नियमित शारिरिक व्यायाम गर्ने, आफ्नो उमेर अनुसारको काम, रुचि अनुसार गरौँ । स्वस्थ रहौँ निरोगी बनौँ ।

(पोषणविद् शाह किर्तिपुर अस्पताल र नेपाल नेशनल अस्पताल (मार्क इन्टरनेशनल किड्नी सेन्टरमा कार्यरत हुनुहुन्छ । )

प्रतिक्रिया दिनुहोस्