एमबीबीएस र बीडीएस लाइसेन्स परीक्षामा ६८ प्रतिशत विद्यार्थी फेल
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको एमबीबीएस र बीडीएस लाइसेन्स परीक्षामा ६८ प्रतिशत विद्यार्थी फेल भएका छन् ।
काउन्सिलले विहीबारदेखि शनिवारसम्म लिएको परीक्षामा सहभागीमध्ये ३१.८४ प्रतिशत उत्तीर्ण भएका हुन् । परीक्षामा १ हजार ४९४ जना परीक्षार्थी सहभागी थिए ।