Logo
|
Friday 29th March 2024
Logo

epaper

किड्नी केयरलाई ५ लाख रुपियाँ सहयोग



जनस्वास्थ्य सरोकार, काठमाडौं । ‘मिर्गौला जँचाऔं, मिर्गौला बचाऔं’ भन्ने नाराका साथ स्थापना भएको किड्नी केयरलाई महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले ५ लाख रुपियाँ सहयोग गरेको छ ।

महिला लघुवित्त वित्तिय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानले किड्नी केयरका संस्थापक डा. किरण जंग कुँवरलाई चेक हस्तान्तरण गर्नुभएको छ ।

प्रमुख कार्यकारी अधिकृत न्यौपानेले सरकारी स्वास्थ्य संस्थाभन्दा पनि कम मूल्यमा मिर्गौला जाँच गर्ने अभियानबाट प्रभावित भएको भन्दै सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग गरेको उल्लेख गर्नुभएको छ । किड्नी केयरका संस्थापक डा. किरण जंग कुँवरले प्राप्त रकम काठमाडौं तारकेश्वर नगरपालिकामा किड्नी केयरको आफ्नै भवन निर्माणमा उपयोग गरिने बताउनुभयो ।

हाल किड्नी केयरले एक सयमा मिर्गौला परीक्षण गर्दै आएको छ ।

हाल मुलुकमा ३ हजार भन्दा व्यक्तिको वर्षेनी मिर्गौला फेल हुने गरेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्