Logo
|
Friday 29th March 2024
Logo

epaper

स्वास्थ्य बीमा अन्तर्गत गरिएको उपचार खर्च कानुन अनुसार भुक्तानी गर्न सरकारलाई समितिको निर्देशन



जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले निजी अस्पतालहरुलाई स्वास्थ्य बीमा अन्तर्गत गरिएको उपचार खर्च कानुन अनुसार भुक्तानी गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले सरकारीभन्दा पनि नीजि अस्पतालमा बीमा भुक्तानीको समस्या भएको गुनासो आएको उल्लेख गर्दै सो निर्देशन दिएको हो ।

बैठकले बीमा उपचार सेवा र यसवापतको भुक्तानीलाई दीर्घकालीन रुपमा समाधानको बाटो रोज्नसमेत आग्रह गरेको समिति सभापति जयपुरी घर्तिले जानकारी दिनुभएको छ । यसैगरी बैठकले शहीद गङ्गालाल हृदय रोग केन्द्रमा मुटुको शल्यक्रियाका लागि आवश्यक पर्ने अक्सिजिनेरेटरको अभावलाई तत्काल समाधान गर्नसमेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्